• Menu

नेप्से २४ अंकले घट्दा १०४ कम्पनीको मूल्य बढ्यो, व्यापार समूहमा उच्च गिरावट

नेपाल प्रफिट

२०८१ मंसिर १९, बुधबार १५:२१

नेप्से २४ अंकले घट्दा १०४ कम्पनीको मूल्य बढ्यो, व्यापार समूहमा उच्च गिरावट

काठमाडौं । सेयर बजार परिसूचक नेप्से बुधबार २४ अंकले घटेको छ । जलविद्युत, उत्पादनमूलक र लघुवित्त समूह बढे पनि बाँकी सबै समूह ओरालो लागेपछि समग्र बजार परिसूचक नकारात्मक बनेको हो ।

विशाल बजार कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेपछि व्यापार समूहमा उच्च गिरावट आएको छ । विशाल बजारको सेयर मूल्य ९.१७ तथा साल्ट ट्रेडिङको २.१४ प्रतिशतले मूल्य घटेपछि व्यापार समूहमा ८.७२ प्रतिशतको गिरावट आएको हो ।

बजार घट्दा पनि आज १०४ कम्पनीको मूल्य बढेको छ । त्यस्तै १३२ कम्पनीको मूल्य घटेको छ भने ८ वटाको स्थिर छ ।

कारोबार रकम भने आज बढेको छ । मंगलबार ८ अर्ब ५२ करोडको कारोबार भएको बजारमा आज ९ अर्ब १३ करोड रुपैयाँको सेयर किनबेच भएको हो ।

बजार घट्दा पनि खानीखोला हाइड्रो, जोशी हाइड्रो, रिभर फल्स पावर, इंग्वा हाइड्रोलगायतको सेयर मूल्य उच्च दरमा बढेको छ ।

प्रतिक्रिया दिनुहोस्