• Menu

प्रधानमन्त्रीको भ्रमण : नेपाल र चीनबीच ‘फ्रेमवर्क अफ बेल्ट एन्ड रोड कोअपरेसन’मा हस्ताक्षर

नेपाल प्रफिट

२०८१ मंसिर १९, बुधबार १३:३८

प्रधानमन्त्रीको भ्रमण : नेपाल र चीनबीच ‘फ्रेमवर्क अफ बेल्ट एन्ड रोड कोअपरेसन’मा हस्ताक्षर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा नेपाल र चीन सरकारबीच ‘फ्रेमवर्क अफ बेल्ट एन्ड रोड कोअपरेसन’मा हस्ताक्षर भएको छ ।

बेइजिङमा आज बुधबार दिउँसो भएको फ्रेमवर्क सम्झौतामा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र चीनका नेसनल डेभलपमेन्ट एन्ड विकास रिफर्म कमिसनका उपाध्यक्ष लिउ सुसेले हस्ताक्षर गरेका छन् ।

चीनले प्रस्ताव गरेको बेल्ट एन्ड रोड इनिसिएटि (बीआरआई) कार्यान्वयन योजनाको विकल्पमा नेपालले प्रस्तुत गरेको ‘फ्रेमवर्क अफ बेल्ट एन्ड रोड कोअपरेसन’मा हस्ताक्षर भएको जनाइएको छ ।

सम्झौतामा चीनले विभिन्न देशलाई उपलब्ध गराउँदै आएको सहुलियतपूर्ण ऋण नेपालले पनि पाउने सक्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्