काठमाडौं । श्री इन्भेस्टमेन्ट फाइनान्सले १.९६ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई १.९६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
बैठकले सेयरधनीलाई चुक्तापुँजीको १.८६५९ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.०९८२ प्रतिशत नगद प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।
गत वर्ष कम्पनीले ५.०५ प्रतिशत नगद दिएको थियो ।