• Menu

नेपाल एसबीआई बैंकको लाभांश घोषणा

नेपाल प्रफिट

२०८१ मंसिर १९, बुधबार १२:०२

नेपाल एसबीआई बैंकको लाभांश घोषणा

काठमाडौं । नेपाल एसबीआई बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई १०.६५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

बैठकले ३.८ प्रतिशत बोनस र करसहित ६.८५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । कम्पनीले गत वर्ष ६.८ प्रतिशत नगद र ३.७५ प्रतिशत बोनस सेयर गरी १०.५५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्