काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य १०० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आजका लागि प्रतितोला १ लाख ५० हजार ४०० रुपैयाँ निर्धारण भएको हो ।
कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा पनि मूल्य घटिरहेका बेला सरकारले भन्सार दर १० प्रतिशतमा झारेपछि सुनको मूल्य केही घटेको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य २० रुपैयाँ बढेको छ । मंगलबार १ हजार ८४५ रुपैयाँ प्रतितोला रहेको चाँदीको मूल्य बुधबारका लागि १ हजार ८६५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।