काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मंगलबार भएको दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ । । चितवन राइनोले पोखरा एभेञ्जर्सलाई ८७ रनले पराजित गरेको हो ।
चितवन राइनोजका खेलाडी रवि बोपराले सार्वाधिक ५१ रन बनाएका हुन् । बेन्केन्सटेइनले १६ र हसन इसाखिलले १४ रन बनाए । शरद भेषावकर ११ रनमा अविजित रहे ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा पोखरा एभेञ्जर्सले सुरुवात देखिनै खराब प्रदर्शन गर्दै आएको हो । त्यसैले पहिलो खेलमै लजास्पद हार व्यहोर्न परेको हो ।
पोखरा एभेञ्जर्सका कप्तान कुशल भुर्तेल पहिलो बलमै आउट भएका हुन् भने त्यस्तै, तनविर, रिजन र लुक बेन्केन्सटेइनले ३-३ विकेट लिएपछि १६२ रनको लक्ष्य पछ्याएको पोखरा १३.२ ओभरमा ७४ रनमा अलआउट भयो ।
चितवन राइनोजको दोस्रो जित सँगै ४ अंक जोडेको छ । सोमबार भएको खेलमा चितवन राइनोजले विराटनगर किङ्सलाई पाँच विकेटले पराजित गरेको थियो ।