काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक आज मंगलबार पनि बढेको छ । सोमबार १९.९७ अंकले बढेको नेप्से आज १७.८० अंकले बढेर २७७५.८५ अंकमा उक्लिएको हो ।
आज कारोबार रकम भने घटेको छ । सोमबार १० अर्ब ५४ करोडको कारोबार भएको नेप्सेमा आज ८ अर्ब ५२ करोड रुपैयाँबराबरको कारोबार भएको हो ।
आज १४२ कम्पनीको मूल्य बढ्दा ९७ वटाको भने घटेको छ । पाँच कम्पनीको मूल्य स्थिर रह्यो ।
आज फाइनान्स १.३९, हाइड्रोपावर १.८५, जीवन बिमा १.५२, उत्पादनमूलक ०.०६, व्यापार ५.९६ र अन्य समूह ०.२७ प्रतिशत बढेको छ । बैंकिङ ०.१९, विकास बैंक ०.३७, होटल तथा पर्यटन १.७१, लगानी ०.४१, माइक्रोफाइनान्स ०.३२ तथा निर्जीवन बिमा समूह ०.५२ प्रतिशत घटेको छ ।
दिव्यश्वरी हाइड्रोपावर, इङ्वा हाइड्रोपावर, खानीखोला हाइड्रोपावर र जोशी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेको छ ।