• Menu

आइएमईको करोडपति क्याम्पेन जितेकी प्रमिला रोकायाले १ करोडको चेक समाउँदै भनिन्- मेरो भाग्य चम्क्यो

नेपाल प्रफिट

२०८१ मंसिर १६, १७:१५

आइएमईको करोडपति क्याम्पेन जितेकी प्रमिला रोकायाले १ करोडको चेक समाउँदै भनिन्- मेरो भाग्य चम्क्यो

काठमाडौँ । विदेशमा कमाएको रकम आइएमई गर्दा १ करोड रुपैयाँ जितेकी प्रमिला रोकायालाई आइएमईले १ करोड रुपैयाँको चेक हस्तान्तरण गरेको छ । जापानको क्योदाइबाट आइएमई रेमिटमार्फत रकम पठाएकी उनलाई टोकियोस्थित नाकानो सिकि नो मोरी पार्कमा शनिबार आयोजित कार्यक्रममा आइएमईले चेक हस्तान्तरण गरेको हो ।

नेपालका लागि जापानका राजदूत डा. दुर्गाबहादुर सुवेदी, आइएमई लिमिटेडका तर्फबाट शुशील थापा र क्योदाइ जापानका युचिरो किमोतोले प्रमिलालाई एक करोडको चेक हस्तान्तरण गरेका छन् । चेक बुझेपछि उनले आइएमई मार्फत रकम पठाउँदा आफ्नो भाग्य चम्केर प्राप्त भएको रकमबाट नेपालको कैलालीमा रहेका बाआमालाइ घर बनाइदिने योजना बनाएको बताइन् ।

गत असोजमा आइएमईका ब्रान्ड एम्बेसडर दीपाश्री निरौलाले काठमाडौंमा सार्वजनिक लक्की ड्र मार्फत सेवाग्राहीको नम्बर छनोट गर्दा प्रमिला करोडपति क्याम्पेनको भाग्यशाली विजेता बन्न सफल भएकी थिइन् ।

आइएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम (रेमिट्यान्स) मार्फत पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले गत वर्ष सञ्चालन गरेको ‘आइएमई गरौँ, करोडपति बनौँ’ योजनाअन्तर्गत भाग्यशाली सेवाग्राहीको छनोट गरिएको थियो ।

आइएमईले एक वर्षअघि विदेशमा कमाएको रकम औपचारिक माध्यम- आइएमई गरी रकम पठाउने सेवाग्राहीमध्ये एक जनाले १ करोड रुपैयाँ नगद जित्ने अफर सार्वजनिक गरेको थियो । सँगै प्रत्येक महिना एक जनाले १ लाख नगद रुपैयाँ प्राप्त गरेका थिए ।

आइएमई गरी आइएमई पे वालेट, बैंक खातामा जम्मा गर्ने तथा आइएमई काउन्टरमा रकम पठाउने सेवाग्राही यो योजनामा सहभागी थिए । आइएमईले वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीलाई औपचारिक माध्यमबाट रकम पठाउन उत्प्रेरकको रूपमा यो अफर ल्याएको थियो ।

आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले विदेशमा कमाएको रकम औपचारिक माध्यम- रेमिट्यान्समार्फत पठाउन र रेमिट्यान्सलाई उद्यमशीलतामा लगाउन प्रोत्साहन गर्ने उद्देश्यले प्रत्येक वर्ष आइएमईले विभिन्न क्याम्पेनहरु सञ्चालन गरिरहेको बताएका छन् ।

आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीलाई औपचारिक माध्यमबाट रकम पठाउनुका साथै डिजिटल माध्यम आइएमई पे मार्फत रकम प्राप्त गर्न सेवाग्राहीलाई प्रेरित गर्न आइएमईले ल्याएको करोडपति क्याम्पेनमा धेरै सेवाग्राहीको सहभागिताले आफूहरु उत्साहित भएको बताए ।

यो वर्ष आइएमईले रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गरी दिगो अर्थतन्त्रको आधार निर्माण गर्न सहयोग पुर्‍याउने उदेश्यले ‘आइएमई गरौँ, उद्यमी बनौँ’ योजना अघि बढाएको छ ।

नेपालको पहिलो भुक्तानी सेवाप्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्धित आइएमई पे मोबाइल वालेट एपअन्तर्गतको विद्युतीय भुक्तानी सेवाप्रदायक हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली-२०७२ बमोजिम आइएमई डिजिटल दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।

आइएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैँले अथवा एजेन्टहरुमार्फत विभिन्न किसिमका भुक्तानी गर्न सक्नेछन् । यसले व्यक्ति-व्यक्तिबीच हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यूआर कोड स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवासमेत प्रदान गर्दै आएको छ ।

यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याक सुविधा पनि उपलब्ध छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकिङ सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारणलाई वित्तीय सेवाको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्‍याउने लक्ष्य लिएको छ । हाल २० लाखभन्दा बढी ग्राहकलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरूमार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्