काठमाडौं । शुक्रबार प्रतितोला १६ सय रुपैयाँ बढेको सुनको मूल्य आज ४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार १ लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आजका लागि प्रतितोला १ लाख ५० हजार ५०० रुपैयाँ निर्धारण भएको हो ।
कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा पनि मूल्य घटिरहेका बेला सरकारले भन्सार दर १० प्रतिशतमा झारेपछि सुनको मूल्य केही घटेको छ ।
आज चाँदीको मूल्य पनि सामान्य घटेको छ । शुक्रबार १ हजार ८४५ रुपैयाँ प्रतितोला रहेको चाँदी आइतबारका लागि १ हजार ८४० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।