काठमाडौं । सेयर बजार परिसूचक नेप्से लगातार तेस्रो दिन बढेको छ । सोमबार १५.८३ र मंगलबार ३३.४१ अंकले बढेको नेप्से आज बुधबार पनि उकालो लागेको हो ।
नेप्सेमा सूचीकृत वित्ताबाहेकका सबै समूह बढेपछि समग्र बजार परिसूचक ३८.८१ अंकले बढेर २७५५.४७ अंकमा उक्लिएको छ । वित्त समूह ०.४७ प्रतिशतले घट्दा व्यापार समूहमा ९.२७ प्रतिशतको उछाल आएको छ । बाँकी सामूहको वृद्धि सामान्य छ ।
आज २०० कम्पनीका लगानीकर्ताले कमाएका छन् भने ८ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार रकम पनि आज उत्साहजनक नै छ । आज ३१६ कम्पनीको ९ अर्ब ३१ करोड २९ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।