• Menu

सेयर बजारले २७ सय अंक नाघ्यो, ७ अर्बभन्दा बढीको कारोबार

नेपाल प्रफिट

२०८१ मंसिर ११, १६:१८

सेयर बजारले २७ सय अंक नाघ्यो, ७ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेतृत्व पाएसँगै सेयर बजारले सकारात्मक प्रतिक्रिया जनाएको छ ।

मंगलबार सेयर बजारले २७ सय अंक पार गरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ३३.४१ अंक बढेको हो । सो अंकको वृद्धिपछि नेप्से २७१६ अंकमा पुगेको छ । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब ३४ करोडको कारोबार भएकोमा आज भने ७ अर्ब ४४ करोडको कारोबार भयो ।

आज २११ कम्पनीको मूल्य बढ्दा ३२ को भने घटेको छ । एउटाको स्थिर रेहेको छ । सबै सूचक बढेका छन् । बैंकिङ १.२०, विकास बैंक ०.४९, फाइनान्स १.५१, होटल तथा पर्यटन ०.६४, हाइड्रोपावर १.९७, लगानी १.१३, जीवन बीमा १.०२, उत्पादन १.०८, माइक्रोफाइनान्स ०.८५, निर्जीवन बीमा ०.८१, अन्य १.६८ र व्यापार समूह १.२९ प्रतिशत बढे ।

३ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । सपोर्ट माइक्रोफाइनान्स, युनाइटेड इदी मर्दी हाइड्रोपावर, कुथेली बुखरी स्मल हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेको हो । मिथिला लघुवित्त वित्तीय संस्थाको ९.६, अपरहेवाखोलाको ८.८ तथा मायाखोला हाइड्रोपावरको ८.६ प्रतिशत मूल्य बढेको छ ।

थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । राष्ट्र बैंकले समस्याउन्मुख घोषणा गरेको कर्णाली विकास बैंकको मूल्य ८.४ प्रतिशत घट्यो । सामुदायिक लघुवित्तको ८.१, बेस्ट फाइनान्स ६.१ प्रतिशत मूल्य घटेको छ ।

 

प्रतिक्रिया दिनुहोस्