काठमाडौं । सेयर बजार परिसूचक नेप्से साताको पहिलो दिन आइतबार घटेको छ । लगानी र उत्पादनमूलकबाहेकका सबै समूह ओरालो लागेपछि समग्र बजार परिसूचक १३.०३ अंकले घटेर २६६७.४० अंकमा ओर्लिएको छ ।
लगानी समूह ०.०८ प्रतिशत र उत्पादनमूलक समूह ०.६८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै विकास बैंक समूह १.६३ प्रतिशतले घटेको छ ।
आज ३२२ कम्पनीको ७ अर्ब ७२ करोड ८८ लाख रुपैयाँबराबरको सेयर कारोबार भयो । बजार घट्दा पनि ५५ कम्पनीका लगानीकर्ताले कमाएका छन् । १८१ कम्पनीका लगानीकर्ताले गुमाउँदा ८ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन ।