काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघ नेपालका अनुसार आइतबार सुनको मूल्य एक हजार ७ सयले वृद्धि भएको छ । शुक्रबार प्रतितोला एक लाख ६५ हजार ५ सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ६७ हजार २ सय कायम भएको हो ।
यस्तै, चाँदीको मूल्य तोलामा २० ले बढेको छ । शुक्रबार प्रतितोला एक हजार ९ सय ४० मा कारोबार भएकामा आजका लागि एक हजार ९ सय ६० निर्धारण भएको छ ।