• Menu

प्रसाईंलाई गैरकानुनी थुनामा राखेको दाबीसहित सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता, आज सुनुवाइ

नेपाल प्रफिट

२०८१ मंसिर ९, ११:४८

प्रसाईंलाई गैरकानुनी थुनामा राखेको दाबीसहित सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता, आज सुनुवाइ

काठमाडौं । दुर्गा प्रसाईंलाई पक्राउ गरेको विरोधमा सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ । प्रसाईंलाई गैरकानुनी थुनामा राखेको दाबी गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएको हो ।

प्रसाईंका छोरा निराजनले बाबुलाई गैरकानुनी रुपमा थुनामा राखिएको दाबी गर्दै शुक्रबार निवेदन दर्ता गराएको सर्वोच्च प्रशासनले जनाएको छ ।

निवेदनमाथि आज आइतबार नै प्रारम्भिक सुनुवाइ हुनेछ । प्रसाईंले दायर गरेको निवेदनको पेसी न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासमा परेको छ ।

कम्बोडियामा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्बौं लगानी गरेको आरोप लगाएपछि प्रसाईंलाई मंसिर ४ मा प्रहरीले पक्राउ गरेको छ । प्रसाईंमाथि साइबर अपराध, सरकारी कागजात किर्तेलगायत आरोपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्