काठमाडौँ । अमेरिकी डलरको मूल्य हालसम्मको उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ९० पैसा र बिक्रीदर १३५ रुपैयाँ ५० पैसा पुगेको हो ।
डलरको बिक्रीदर बुधबार र बिहीबार समान १३५ रुपैयाँ ३७ पैसा थियो । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार बिहीबारको तुलनामा शुक्रबार अमेरिकी डलरसहित पाउन्ड स्टर्लिङ, क्यानेडियन डलर, स्विस फ्र्याङ्क, अस्ट्रेलियन डलर, जापानी येन, चिनियाँ युआन, कतारी रियाल, थाई भाट, मलेसियन रिंगेट, कुवेती दिनार र बहराइन दिनारको मूल्य पनि बढेको छ ।
युरो र डेनिस क्रोनरको भने मूल्य घटेको छ । युरो एकको खरिददर १४२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ६७ पैसा कायम भएको छ । बिहीबार युरो एकको खरिद दर १४२ रुपैयाँ १५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ७८ पैसा थियो ।
केन्द्रीय बैंकका अनुसार पाउन्ड स्टर्लिङ एकको खरिददर १७० रुपैयाँ ६२ पैसा तथा बिक्रीदर १७१ रुपैयाँ ३८ पैसा छ । केन्द्रीय बैंकले स्विस फ्र्याङ्क एकको खरिददर १५२ रुपैयाँ ७१ पैसा तथा बिक्रीदर १५३ रुपैयाँ ३८ पैसा तथा अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ, बिक्रीदर ८८ रुपैयाँ ३९ पैसा निर्धारण भएको जनाएको छ ।
आजका लागि क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ६३ पैसा तथा बिक्री दर ९७ रुपैयाँ ०७ पैसा तथा सिंगापुर डलर एकको खरिददर १०० रुपैयाँ ४४ पैसा तथा बिक्रीदर १०० रुपैयाँ ८९ पैसा कायम भएको छ ।
यस्तै जापानी येन १० को खरिददर ८ रुपैयाँ ७३ पैसा तथा बिक्रीदर ८ रुपैयाँ ७७ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६३ पैसा तथा बिक्रीदर १८ रुपैयाँ ७१ पैसा, साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ९३ पैसा तथा बिक्रीदर ३६ रुपैयाँ ०९ पैसा र कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ तथा बिक्रीदर ३७ रुपैयाँ १७ पैसा तय भएको केन्द्रीय बैंकले जनाएको छ ।
यस्तै थाई भाट एकको खरिददर ३ रुपैयाँ ८९ पैसा तथा बिक्रीदर ३ रुपैयाँ ९१ पैसा, यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ७३ पैसा तथा बिक्रीदर ३६ रुपैयाँ ८९ पैसा निर्धारण भएको छ ।
मलेसियन रिंगेट एकको खरिददर ३० रुपैयाँ २१ पैसा तथा बिक्रीदर ३० रुपैयाँ ३५ पैसा, दक्षिण कोरियाली वन १०० को खरिददर ९ रुपैयाँ ६५ पैसा तथा बिक्रीदर ९ रुपैयाँ ६९ पैसा निर्धारण भएको राष्ट्र बैंकले जनाएको छ ।
स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २५ पैसा तथा बिक्रीदर १२ रुपैयाँ ३० पैसा, डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ०६ पैसा तथा बिक्रीदर १९ रुपैयाँ ०४ पैसा र हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३३ पैसा तथा बिक्रीदर १७ रुपैयाँ ४१ पैसा तय भएको छ ।
यस्तै कुवेती दिनार एकको खरिददर ४३८ रुपैयाँ ६७ पैसा तथा बिक्रीदर ४४० रुपैयाँ ६२ पैसा र बहराइन दिनार एकको खरिददर ३५७ रुपैयाँ ९० पैसा तथा बिक्रीदर ३५९ रुपैयाँ ४९ पैसा निर्धारण भएको केन्द्रीय बैंकले जनाएको छ ।