काठमाडौं । राजस्व संकलन करिब १७ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि कात्तिकसम्ममा राजस्व संकलन गत वर्षको सोही अवधिको तुलनामा करिब १७ प्रतिशतले बढेको हो ।
अर्थ मन्त्रालय उच्च व्यवस्थापन समितिको बैठकमा प्रस्तुत गरिएको विवरणअनुसार गत वर्ष यो अवधिमा २ खर्ब ७६ अर्ब राजस्व संकलन भएको थियो । चालु आवको चार महिनामा ३ खर्ब २३ अर्ब २४ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।