काठमाडौं । बिहिबार सुनको मूल्य प्रतितोला एक हजारले बढेर एक लाख ६४ हजार कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य एक लाख ६३ हजार थियो ।
त्यस्तै चाँदीको मूल्य भने आज स्थिर छ । अहिले चाँदीको मूल्य तोलाको एक हजार नौ सय ५० कायम भएको महासंघले जनाएको छ ।
कात्तिक १५ गते एक लाख ७१ हजारमा सुनको कारोबार भई उच्च मूल्य कायम भएकामा पछिल्लो समय मूल्य घट्ने, बढ्ने भइरहेको छ ।