काठमाडौं । सेयर बजार परिसूचक नेप्से बढेको छ । विकास बैंकसँगै वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, लघुवित्त, म्युचुअल फन्ड र व्यापार समूह बढेपछि समग्र बजार परिसूचक ९.०९ प्रतिशतले बढेको हो ।
नेप्से बढेसँगै परिसूचक २७११.७५ अंकमा उक्लिएको छ । आज कारोबार रकम भने सामान्य घटेको छ । आज ३२३ कम्पनीको ७ अर्ब ९ करोड रुपैयाँबराबरको कारोबार भएको हो । मंगलबार १० अर्ब ४६ करोडको कारोबार भएको थियो ।
आज १४४ कम्पनीको मूल्य बढ्दा ८८ कम्पनीको घटेको छ । सर्वाधिक मूल्य बढ्नेमा कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नेपाल हाइड्रो डेभलपर्स, सप्तकोशी डेभलपमेन्ट बैंक, महिला लघुवित्तलगायत छन् ।