• Menu

पुथाउत्तरगंगा २ को अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध निर्वाचित

नेपाल प्रफिट

२०८१ मंसिर ५, बुधबार १५:१९

पुथाउत्तरगंगा २ को अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध निर्वाचित

काठमाडौं । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।

कांग्रेस-एमाले गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार जीवन रोकाले उम्मेदवारी फिर्ता लिएपछि माओवादी केन्द्रका जगत घर्ती निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयले घर्ती निर्विरोध भएको औपचारिक घोषणा गरेको छ ।

मनोनयन पत्र दाखिला गर्ने एक जनामात्र उम्मेदवार कायम भएकाले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २५ बमोजिम निर्विरोध भएको घोषणा गरिएको कार्यालयले जनाएको छ ।

सो वडामा गत निर्वाचनमा पनि एमाले र कांग्रेसले गठबन्धन गरेर चुनाव लडेका थिए । तर, माओवादी केन्द्रका उम्मेदवार जसबहादुर सिर्पाली विजयी भएका थिए । सिर्पालीको बागलुङमा भएको दुर्घटनामा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्