काठमाडौं । रेमिट्यान्स आप्रवाह वृद्धिदर घटेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आर्थिक वर्ष २०८०/८१ को असोजमा अघिल्लो वर्षको तुलनामा २५.८ प्रतिशतले रेमिट्यान्स आप्रवाह बढेको चालु आवको सोही अवधिको तुलनामा ११.५ मात्र प्रतिशतले बढेको हो ।
असोजसम्ममा विप्रेषण आप्रवाह ११.५ प्रतिशतले वृद्धि भई ४ खर्ब ७ अर्ब ३१ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५.८ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३ अर्ब ४ करोड पुगेको छ । गत वर्ष २ अर्ब ७६ करोड थियो ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ४ खर्ब ४२ अर्ब ४४ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा खुद ट्रान्सफर ४ खर्ब ४ अर्ब ७ करोड थियो ।
असोजसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत- नयाँ) लिने नेपालीको संख्या १ लाख १० हजार ६५४ छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या ५९ हजार ९३९ छ ।
गत वर्षको सोही अवधिमा अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख १३ हजार ३९७ थियो भने पुन: श्रम स्वीकृति लिनेको संख्या ४९ हजार २९७ थियो ।