नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य बढेको छ । सोमबार प्रतितोला एक हजार रूपैयाँ बढेको थियो भने मंगलबार प्रतितोला एक हजार एक सय रूपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६२ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ६१ हजार रूपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ ।
सोमबार प्रतितोला एक हजार ९ सय २० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला एक हजार ९ सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय २३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।