• Menu

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको मुख्य प्रायोजक, पाँच वर्षको आबद्धता

नेपाल प्रफिट

२०८१ मंसिर ३, सोमबार १२:२७

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको मुख्य प्रायोजक, पाँच वर्षको आबद्धता

काठमाडौं । क्रिकेट संघ नेपाल (क्यान)ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिगको मुख्य प्रायोजकका रुपमा सिद्धार्थ बैंक आबद्ध भएको छ । सिद्धार्थ बैंकको २०२४ देखि २०२९ सम्म (५ वर्ष)का लागि मुख्य प्रायोजकका रुपमा आबद्ध भएको छ ।

क्यानले कात्तिक ३० गते क्यानका पदाधिकारी, बैंक सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडिया, सञ्चालक समितिका सदस्य, बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल, व्यवस्थापन समूह, बैंकको भगिनी संस्थाका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थितिमा एक कार्यक्रम आयोजना गरी नेपाल प्रिमियर लिगको मुख्य प्रायोजक सार्वजनिक गरेको छ ।

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको प्रथम संस्करण मंसिर १५ देखि पुस ६ सम्म कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा हुँदैछ ।

नेपालको क्रिकेट जगतलाई थप उचाइमा पुर्‍याउने उद्देश्यका साथ सिद्धार्थ बैंक यस लिगसँग जोडिएको बैंकका अध्यक्ष केडियाले बताउ । त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत कँडेलले बैंकको समन्वयले नेपालमा क्रिकेटको स्तर नयाँ उचाइमा पुर्‍याई देशको आर्थिक र सामाजिक विकासमा योगदान पु¥याउन मद्दत पुग्ने धारणा व्यक्त गर्नु भएको थियो ।

पछिल्ला दिनहरूमा क्रिकेट खेलले सबै उमेर समूहका मानिसहरूमा अत्यधिक लोकप्रियता प्राप्त गरेको र खेलभन्दा बढी राष्ट्रिय भावनाको रूपमा हेर्ने गरिएकाले पनि बैंक नेपाल प्रिमियर लिगको पाँच वर्षका लागि मुख्य प्रायोजकको रुपमा जोडिएको हो । यस समन्वयले नेपालको क्रिकेट विकासमा योगदान गर्दै खेलाडीहरूमा प्रतिस्पर्धात्मक अनुभव प्राप्त गर्न मद्दत पुर्‍याउँने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्