• Menu

सामान्य अंकले बढ्यो नेप्से, ११ अर्ब ७२ करोडको कारोबार

नेपाल प्रफिट

२०८१ मंसिर २, आइतबार १६:०७

सामान्य अंकले बढ्यो नेप्से, ११ अर्ब ७२ करोडको कारोबार

काठमाडौँ । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज परिसूचक ४.९८ अंकले बढेर २७५३.७६ को बिन्दुमा कायम भएको छ ।

आज विभिन्न कम्पनीका ३ सय २६ कम्पनीको २ करोड ४४ लाख २६ हजार ९ सय कित्ता सेयर एक लाख १३ हजार २ सय ५२ पटक खरिदबिक्री हुँदा ११ अर्ब ७२ करोड ६७ लाख ५६ हजार ९ सय ४ बराबरको कारोबार भएको छ ।

आज बैंकिङ ०.२१, वित्त १.६३, उत्पादन तथा प्रशोधन १.१३ र निर्जीवन बीमा समूह ०.६९ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूहको उपसूचक २.२१ प्रतिशतले बढेको छ ।

उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने समृद्धि फाइनान्स कम्पनी लिमिटेड र गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको ४५ करोड १७ लाख १० हजार ३ सय ७२ बराबरको कारोबार भएको छ ।

कारोबार भएका शेयर संख्याका आधारमा भने सिंगटी हाइड्रो इनर्जी लिमिटेडको सबैभन्दा धेरै १२ लाख ४२ हजार ३ सय ८९ कित्ता सेयर किनबेच भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्