• Menu

व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्ने राजबहादुर शाहलाई सरकारको सम्मान

नेपाल प्रफिट

२०८१ मंसिर २, आइतबार १२:३२

व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्ने राजबहादुर शाहलाई सरकारको सम्मान

काठमाडौं । उद्योगी राजबहादुर शाह आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिर्ने व्यक्तिको रुपमा सम्मानित भएका छन् । राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभागले शनिबार आयोजना गरेको कार्यक्रममा शाहलाई उत्कृष्ट करदाताका रुपमा सम्मान गरिएको हो ।

व्यक्तिगततर्फ उत्कृष्ट करदाताका रुपमा सम्मानित शाह जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक हुन् । राजबहादुर शाह जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज (जेजीआई)का प्रबन्ध निर्देशक हुन् ।

जेजीआई मदिराजन्य पेय पदार्थ उत्पादन र वितरण गर्ने धेरै कम्पनीहरू प्रबन्ध गर्ने व्यावसायिक समूह हो । यसले नवप्रवर्तन र उत्कृष्टताका नयाँ बेन्चमार्क सिर्जना गर्ने प्रयास गर्दै आएको छ । शाह सन् २००० देखि यो व्यवसायमा सामेल भएका हुन् ।

संस्थागत सामाजिक उत्तरदायित्वमा पनि शाहले नेतृत्व गरेको जेजीआईले ठूलो योगदान गर्दै आएको छ । विश्वव्यापी कोभिड-१९ महामारी होस् या २०७२ सालको महाभूकम्प जेजीआईले ठूलो सहयोग पुर्‍याउँदै आएको छ ।

उद्योगी शाह नेपाल उद्योग परिसंघका नवनिर्वाचित उपाध्यक्ष हुन् । उनले उद्यमी संगठन (ईओ) नेपाल र युवा अध्यक्षहरूको संगठन (वाईपीओ) नेपालको पनि नेतृत्व गरिसकेका छन् । उनले अमेरिकाको युनिभर्सिटी अफ म्यासाचुसेट्सबाट विज्ञान विषयमा स्नातकोत्तर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्