काठमाडौं । सेयर बजार परिसूचक नेप्से साताको अन्तिम कारोबार हुने दिन बिहीबार बढेको छ । आइतबार र सोमबारको वृद्धिपछि मंगलबार र बुधबार घटेको नेप्से परिसूचक बिहीबार भने १३.९५ अंकले बढेर २७४८.७८ अंकमा उक्लिएको हो ।
आज १५९ कम्पनीको मूल्य बढ्दा ७९ वटाको घटेको छ भने ६ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो । नेप्से परिसूचक बढ्दा पनि वित्त, लगानी, जीवन बिमा, उत्पादनमूलक, निर्जीवन बिमा र व्यापार समूह घटेका छन् ।
आज ३२१ कम्पनीको १० अर्ब ३२ करोड ३ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । यो रकम बुधबारको तुलनामा धेरै हो । बुधबार ७ अर्ब ९१ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको थियो ।