काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य दुई हजार ४ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ६५ हजारमा कारोबार भएको छापावाला सुन मंगलबार एक लाख ६२ हजार ६०० रुपैयाँमा किनबेच भइरहेको छ ।
यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेको छ । सोमबार प्रतितोला एक हजार ९५५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ९२५ रुपैयाँमा खरिद-बिक्री भइरहेको छ ।