काठमाडौं । साइन रेसुंगा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीका लागि ३ प्रतिशत बोनस र करसहित ५ प्रतिशत गरी ८ प्रतिशत लाभांश घोषणा गरेको हो ।
हाल बैंकको चुक्तापुँजी ४ अर्ब ७३ करोड ३६ लाख ९० हजार ९५० रुपैयाँ छ । बोनस सेयर वितरणपछि बैंकको चुक्तापुँजी ४ अर्ब ८७ करोड ५७ लाख एक हजार ६७९ रुपैयाँ पुग्नेछ ।
सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।