• Menu

सोल्टी होटलको बम्पर लाभांश घोषणा, कहिलेसम्म सेयर किन्दा पाइन्छ ?

नेपाल प्रफिट

२०८१ कात्तिक १४, बुधबार १५:२५

सोल्टी होटलको बम्पर लाभांश घोषणा, कहिलेसम्म सेयर किन्दा पाइन्छ ?

काठमाडौं । सोल्टी होटलले बम्पर लाभांश घोषणा गरेको छ । होटल सञ्चालक समितिको मंगलबार बसेको बैठकले सेयरधनीलाई गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट ३६.८४ प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित २६.८४ प्रतिशत नगद गरी ३६.८४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले ५०औँ वार्षिक साधारण सभा पुस ४ गते बिहान साढे ११ बजे बोलाएको छ ।

लाभांश तथा साधारणसभा प्रयोजनका लागि कम्पनीले मंसिर १३ देखि पुस ४ सम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ मंसिर १२ सम्म कायम सेयरधनीले मात्रै लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले गत वर्ष पनि ३१.५८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्