• Menu

नबिल बैंकको लाभांश घोषणा, विगतका वर्षमा भन्दा न्यून

नेपाल प्रफिट

२०८१ कात्तिक १४, बुधबार १५:०९

नबिल बैंकको लाभांश घोषणा, विगतका वर्षमा भन्दा न्यून

काठमाडौं । नबिल बैंकले लाभांश घोषणा गरेको छ । बैंकको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई करसहित १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति एवं आगामी साधारणसभाबाट पारित भएपछि बैंकका सेयर होल्डरले प्रतिकित्ता १० रुपैयाँका दरले पाउनेछन् ।

बैंकले प्रस्ताव गरेको लाभांश हालसम्मकै न्यून हो । बैंकले आव २०७९/८० मा ११ प्रतिशत नगद लाभांश दिएको थियो भने २०७८/७९ मा ११.५ प्रतिशत नगद र १८.५० प्रतिशत बोनससहित ३० प्रतिशत लाभांश दिएको थियो ।

त्यसअघिका वर्षहरुमा पनि नविल बैंकले ३४ प्रतिशतभन्दा बढी लाभांश बाँडेको इतिहास छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको वार्षिक प्रतिसेयर आम्दानी २९ रुपैयाँ ८३ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्