• Menu

स्ट्यान्डर्ड चार्टर्ड बैंकले घोषणा गर्‍यो सात वर्षकै उच्च लाभांश

नेपाल प्रफिट

२०८१ कात्तिक १४, बुधबार ११:२०

स्ट्यान्डर्ड चार्टर्ड बैंकले घोषणा गर्‍यो सात वर्षकै उच्च लाभांश

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले लाभांश घोषणा गरेको छ । बैंकको सञ्चालक समिति बैठकले सेयरधनीलाई गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट २५.५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांशमा ६.५ प्रतिशत बोनस र करसहित १९ प्रतिशत नगद छ । सञ्चालक समितिको प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारण सभाबाट पारित भएपछि लगानीकर्ताले पाउनेछन् ।

बैंकले यसअघि आव २०७९/८० मा १९ प्रतिशत नगद, आव २०७८/७९ मा १६.५१ प्रतिशत नगद, आव २०७७/७८ मा १० प्रतिशत बोनस र ३.०६ प्रतिशत नगद, २०७६/७७ मा ७ प्रतिशत बोनस र ४.८४ प्रतिशत नगद, २९७५/७६ मा २२.५ प्रतिशत नगद र २०७४/७५ मा १७.५ प्रतिशत नगद दिएको थियो ।

त्यसअघि पुँजीवृद्धि गर्नुपर्ने समयमा २०७३/७४ भने बैंकले १०५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्