जलवायु परिर्वतनको जोखिम आज यो संसारका लागि ज्यादै चुनौतीपूर्ण हुन आएको छ । यसका असरहरु हालसम्म कम रुपमा देखिएको भए पनि भोलिका लागि यसले ठूलो विपद निम्त्याउन सक्छ । एकातिर यसले मानवीय जीवनलाई कष्टकर बनाएको छ भने अर्कोतिर विश्वव्यापी आर्थिक, मानवीय र सामाजिक क्षति बढाउँदै लगेको छ ।
यस्तै तरिकाले जोखिम बढ्दै जाने हो भने भोलिका दिनमा यसले भयावह रुप लिन सक्छ । बिमा कम्पनीहरुको क्षति बढ्न जान्छ भने बैंकबाट हुने लगानी डुब्ने सम्भावना पनि रहन्छ ।
जलवायु परिवर्तनको असर आममानिसको जीवनमा पर्न थालिसकेको छ । आगामी दिनमा यसले उत्पादनदेखि वितरण र व्यवस्थापनसम्म अस्तव्यस्त पार्न सक्छ । जलवायु परिवर्तनको जोखिम मानवीय त्रुटी र प्राकृतिक कारणले झन् झन् बढ्दै गएको अवस्था छ । यस्तो विषम परिस्थितिमा बिमाले ठूलो भूमिका खेल्न सक्छ ।
बिमाले जोखिम ग्रहण गर्ने पहलकदमी उठाउनुपर्ने आजको आवश्यकता र माग हो । बिमाले जोखिम न्यूनीकरण र व्यवस्थापन गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ठूलो भूमिका खेल्न सक्छ ।
जलवायु परिवर्तनको जोखिम र यसको न्यूनीकरणका लागि व्यापक जनचेतना फैलाएर भोलिका दिनमा यसका असर कम गरी जनधनको क्षतिलाई रोक्न नेपाल जस्तो मुलुकका लागि ‘घुम्ती बिमा’ ज्यादै प्रभावकारी हुने विश्वास मैले लिएको छु ।
(पाण्डे बिमा विज्ञ हुन् ।)