काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दीपप्रकाश पाण्डे पुनः नियुक्त भएका छन् ।
कम्पनीको कात्तिक १ गते बिहीबार साँझ ५ बजे बसेको सञ्चालक समितिको ३४०औँ बैठकले पाण्डेलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनको कार्यकाल चार वर्षको रहनेछ ।