काठमाडौं । अरुण भ्याली हाइड्रोपावरले लाभांश घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई चुक्तापुँजीको ३ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.१५७ प्रतिशत नगद प्रस्ताव गरेको हो ।
सञ्चालक समितिको प्रस्तावअनुसारको लाभांश विद्युत नियमन आयोगको स्वीकृति एवं आगामी साधारण सभाबाट पारित भएपछि लगानीकर्ताले पाउँछन् । कम्पनीले कात्तिक १४ गते बुधबारका लागि साधारण सभा बोलाएको छ ।
साधारण सभा प्रयोजनका लागि कात्तिक ५ गते सेयर धनी दर्ता किताब बन्द गर्ने निर्णय गरिएको छ । कम्पनीको लाभांश हात पार्ने कात्तिक ४ सम्म सेयर होल्ड गरेको अथवा किनेको हुनुपर्नेछ ।