काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट १४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले १३.३ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७ प्रतिशत नगद प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति एवं आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।
हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ५ करोड ५५ लाख ६३ हजार ७३३ रुपैयाँ छ । बोनस वितरणपश्चात कम्पनीको चुक्तापुँजी १ अर्ब १९ करोड ५९ लाख ५३ हजार ७०९ रुपैयाँ पुग्नेछ ।