• Menu

आइएमईमार्फत रकम पठाउने भाग्यशाली सेवाग्राही प्रमिलाले जितिन् १ करोड

आइएमईको वर्षैभरि उत्सव वहार : 'आइएमई गरौँ, उद्यमी बनौँ' योजना सार्वजनिक

नेपाल प्रफिट

२०८१ असोज ८, मंगलबार ०९:१६

आइएमईमार्फत रकम पठाउने भाग्यशाली सेवाग्राही प्रमिलाले जितिन् १ करोड

काठमाडौं । विदेशमा कमाएको रकम आइएमई गरेकी भाग्यशाली सेवाग्राही प्रमिला रोकायाले १ करोड रुपैयाँ नगद जितेकी छन् । जापानको क्योदाइबाट रोकायाले आइएमईमार्फत रकम पठाएकी थिइन् ।

काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा आइएमई ब्रान्ड एम्बेसडर दीपाश्री निरौलाले सार्वजनिक रूपमा लक्की ड्र मार्फत भाग्यशाली सेवाग्राहीको नम्बर छनोट गरेकी हुन् ।

आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले रोकायालाई बधाई ज्ञापन गर्दै आइएमईप्रति सेवाग्राहीहरूको विश्वासका लागि आभार व्यक्त गरे ।

आइएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम- रेमिट्यान्समार्फत पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले गत वर्षको दसैंअगाडि सुरु गरेको ‘आइएमई गरौँ,करोडपति बनौँ’ योजना अन्तर्गत भाग्यशाली सेवाग्राहीको छनोट भएको हो ।

आइएमईले एक वर्षअघि विदेशमा कमाएको रकम औपचारिक माध्यम- आइएमई गरी रकम पठाउने सेवाग्राहीमध्ये एक जनाले १ करोड रुपैयाँ नगद जित्ने अफर सार्वजनिक गरेको थियो । सँगै प्रत्येक महिना एक जनाले १ लाख नगद रुपैयाँ प्राप्त गरेका थिए ।

आइएमई गरी आइएमई पे वालेट, बैंक खातामा जम्मा गर्ने तथा आइएमई काउन्टरमा रकम पठाउने सेवाग्राही यो योजनामा सहभागी थिए । आइएमईले वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीलाई औपचारिक माध्यमबाट रकम पठाउन यो योजनाले उत्प्रेरकको रूपमा यो अफर ल्याएको थियो ।

आइएमईले सोमबार नै विदेशमा कमाएको रकम औपचारिक माध्यम- रेमिट्यान्समार्फत रकम पठाउन र रेमिटमार्फत प्राप्त रकम उद्यमशीलतामा लगाउन प्रोत्साहन गर्ने उद्देश्यले ‘आइएमई गरौँ, उद्यमी बनौँ’ योजना सार्वजनिक गरेको छ ।

यो योजनामा आइएमई गरी रकम पठाउने सेवाग्राहीमध्ये तीन जनाले उद्यमशील बन्न सहयोग पुग्ने गरी ‘दोस्त पिक अप ट्रक’ जित्नेछन् । सँगै प्रत्येक दिन, प्रत्येक हप्ता र प्रत्येक महिना एक–एक जनाले आकर्षक उपहार र हरेक तीन–तीन महिनामा बम्पर उपहार जित्न सक्नेछन् ।

यसैगरी दसैँ, तिहार तथा छठ पर्व लक्षित ‘यो चाडपर्वमा आइएमई गरौँ, उद्यमी बनौँ’ योजनाअन्तर्गत सेवाग्राहीले थप आकर्षक उपहार प्राप्त गर्नेछन् ।

१. दैनिक पुरस्कारमा आइएमईको अफर सामाजिक सञ्जालमा प्रवर्धन गर्ने एक जना भाग्यशाली विजेताले अल्टिमाको इअर वड प्राप्त गर्ने छन् ।

२. हरेक हप्ता एक जना विजेताले डीएच आई होम अप्लाइन्सेसका घरायसी प्रयोगका सामानहरू टिभी, रेफ्रिजेरेटर, अथवा वासिङ मेसिन प्राप्त गर्नेछन् । यस योजनामा १२ जना विजेताहरु हुनेछन् ।

३. मासिक योजनामा एक जना विजेताले प्रत्येक महिना आइफोन सिक्सटिन प्राप्त गर्नेछन् । यसमा तीन जना विजेता हुनेछन् ।

४. बम्पर पुरस्कारमा भाग्यशाली विजेताले दोस्त पिक अप ट्रक प्राप्त गर्नेछन् । असोजदेखि साउनसम्म लागू हुने यस योजनामा तीन जना विजेताहरुले बम्पर पुरस्कार प्राप्त गर्नेछन् ।

नयाँ योजना सार्वजनिक गर्दै आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले आर्थिक रूपान्तरणको मुख्य स्रोतको रूपमा रहेको रेमिट्यान्सलाई उद्यमशीलता अभियानसँग जोडेर अघि बढाउन नयाँ योजना केन्द्रित गरेको बताए ।

रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गरी दिगो अर्थतन्त्रको आधार निर्माण गर्न देश विदेशमा काम गरी रकम कमाउने जनशक्ति, रेमिट्यान्स प्राप्त गर्ने घरपरिवार, समुदाय र नीति निर्माण तहसमेतको ध्यान केन्द्रित गर्न आइएमईले ‘आइएमई गरौँ, उद्यमी बनौँ’ योजनामार्फत आह्वान गरेको उनले उल्लेख गरे ।

रेमिट्यान्स रकममात्र नभई विदेशमा काम गर्दा सिकेको सीपलाई स्वदेशमा हस्तान्तरण भई उद्यम सिर्जना गरी उद्यमशीलताको इकोसिस्टम निर्माण गर्ने उद्देश्य रहेको समेत अध्यक्ष ढकालले बताए ।

त्यस्तै आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले आइएमईले वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीलाई औपचारिक माध्यमबाट रकम पठाउन र सो रकम उद्यममा लगानी गर्न यो योजनाले उत्प्रेरकको रूपमा काम गर्ने विश्वास व्यक्त गरे ।

यो योजनाले डिजिटल माध्यम आइएमई पे मार्फत रकम प्राप्त गर्न सेवाग्राहीलाई प्रेरित गर्ने पनि प्रमुख कार्यकारी अधिकृत पौडेलले उल्लेख गरेका छन् ।

स्थापनादेखि नै रेमिट्यान्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्‍याउन प्रतिबद्ध यस कम्पनीले सेवा शुभारम्भको २२औँ वर्षसम्ममा नेपालका सहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी २२५ आइएमई सेन्टरसहित ७७ जिल्लाका करिब १२ हजार सब एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीले दुःख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटोछरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको छ ।

साथै, परम्परागत रेमिट्यान्स सेवा डिजिटलाइजेसनमा प्रवेश गरिरहेको अवस्थालाई आत्मसात् गर्दै आइएमईले पाँच वर्षदेखि डिजिटल कारोबारलाई नेपाल राष्ट्र बैंकमार्फत नेपालको पहिलो भुक्तानी सेवाप्रदायकको रूपमा लाइसेन्स प्राप्त गरी आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्धित ‘आइएमई पे’ मोबाइल वालेटमार्फत डिजिटल रेमिट्यान्स सेवा सफलताका साथ सञ्चालन गरिरहेको छ ।

यस अन्तर्गत सेवाग्राहीले विश्वको जुनसुकै देशबाट आइएमई गरी पठाएको पैसा सजिलै मोबाइलको आइएमई पे एपमा प्राप्त गर्न सक्नेछन् । आइएमई पे ले बैंकिङ सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरण तथा डिजिटल नेपालको अभियानमा योगदान पुर्‍याउने लक्ष्य लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्