• Menu

हिमालयन एभरेस्ट इन्स्योरेन्सको सीईओमा अन्जु श्रेष्ठ

नेपाल प्रफिट

२०८१ भदौ ३०, आइतबार ११:५५

हिमालयन एभरेस्ट इन्स्योरेन्सको सीईओमा अन्जु श्रेष्ठ

काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अन्जु श्रेष्ठ नियुक्त भएकी छन् ।

कम्पनीको सञ्चालक समितिको भदौ २७ गते बसेको बैठकले हाल नायब प्रमुख कार्यकारी अधिकृत रहेकी श्रेष्ठलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । असोज १८ बाट सुरु हुने उनको कार्यकाल ४ वर्षको रहनेछ ।

सञ्चालक समितिको निर्णय नियामक बिमा प्राधिकरणबाट स्वीकृति भएपछि श्रेष्ठले कार्यभार सम्हाल्नेछिन् । यसअघिका सीईओ विजयबहादुर शाह असार १३ गते बाहिरिएपछि श्रेष्ठले निमित्त सीईओको पद सम्हाल्दै आएकी थिइन् ।

श्रेष्ठले तत्कालीन हिमालयन जनरल इन्स्योरेन्सबाट निर्जीवन बिमा व्यवसायमा करिअर सुरु गरेकी हुन् । हिमालयन जनरल इन्स्योरेन्स र एभरेस्ट इन्स्योरेन्स मर्ज भपछि उनले हिमालयन एभरेस्टको नायब सीईओको जिम्मेवारी पाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्