काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दीपकराज जोशी नियुक्त भएका छन् । पर्यटन बोर्ड सञ्चालक समितिको बिहीबार बसेको बैठकले जोशीलाई सीईओ नियुक्त गरेको हो ।
खुला प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धी मध्येबाट उनी सीईओ छनोट भएका हुन् । अन्तिम प्रतिस्पर्धामा जोशीसहित निवर्तमान सीईओ धनञ्जय रेग्मी र ज्ञानेश्वर महतो थिए ।
रेग्मीभन्दा अघि पनि जोशी पर्यटन बोर्डको सीईओ थिए । उनको पदावधि चार वर्षको हुन्छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव इन्दु घिमिरेको संयोजकत्वमा गठित तीन सदस्यीय छनोट समितिले तीन जनाको नाम सिफारिस गरेको थियो ।