• Menu

बाढी पहिरोमा परी चार दिनमै एक सय जनाको मृत्यु, ६७ बेपत्ता

नेपाल प्रफिट

२०८१ असोज १३, आइतबार १०:३४

बाढी पहिरोमा परी चार दिनमै एक सय जनाको मृत्यु, ६७ बेपत्ता

काठमाडौँ । बाढीपहिरो र डुबानमा परी चार दिनमै एक सय जना जनाको मृत्यु भएको छ भने ६७ जना बेपत्ता भएका छन् । विपदमा परी एक सय एक जना घाइते भएका छन् ।

बाढी पहिरोमा परी ललितपुरमा २०, धादिङमा १५, काठमाडौँमा १२, काभ्रे १०, मकवानपुरमा सात, सिन्धुपाल्चोकमा ६ तथा सोलुखुम्बु, पाँचथर र भक्तपुर पाँच–पाँच जनाले ज्यान गुमाएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार दोलखामा तीन, सिन्धुलीमा दुई, धनकुटा दुई, महोत्तरी दुई, रामेछाप एक, झापा एक, उदयपुर एक, इलाम एक, सप्तरी एक र नुवाकोटमा एक जनाको मृत्यु भएको छ ।

बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि नौ हजार नौ सय ८३ सुरक्षाकर्मी परिचालन गरिएको तथा हालसम्म तीन हजार ३९ जनाको उद्धार गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्