नेपाल प्रफिट
२०८१ असोज ११, शुक्रबार १२:२१
काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीका लागि लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले ५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्वीकृति तथा आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।
Copyright © Nepal Profit - 2024 / Developed By Webtech Nepal