• Menu

युनिलिभरले घोषणा गर्‍यो १७ सय १४ प्रतिशत लाभांश, असोज २८ मा बुकक्लोज

नेपाल प्रफिट

२०८१ असोज ११, शुक्रबार ११:५८

युनिलिभरले घोषणा गर्‍यो १७ सय १४ प्रतिशत लाभांश, असोज २८ मा बुकक्लोज

काठमाडौं । युनिलिभर नेपालले लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको १८५औं सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०८०/८१ सम्मको सञ्चित नाफाबाट सेयरधनीका लागि प्रतिकित्ता १७ सय १४ रुपैयाँ लाभांश घोषणा गरेको हो ।

कम्पनीले असोज २८ का लागि बुक क्लोजको मिति तोकेको छ । असोज २७ सम्म सेयर खरिद गर्ने अथवा होल्ड गर्ने लगानीकर्ताले लाभांश पाउनेछन् ।

युनिलिभर नेपालको सेयर बजारको सबैभन्दा महँगो कम्पनी हो । बिहीबार बजार बन्द हुँदा युनिलिभरको प्रतिकित्ता सेयर मूल्य ५० हजार ७५० रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्