• Menu

आइएमई पेबाट मात्र १ रुपैयाँमा हवाई टिकट, अरु पनि अफरै-अफर

नेपाल प्रफिट

२०८१ असोज ११, शुक्रबार ११:३१

आइएमई पेबाट मात्र १ रुपैयाँमा हवाई टिकट, अरु पनि अफरै-अफर

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले नेपालीहरुको महान चाडपर्व दसैं, तिहार र छठलाई लक्षित गरी मात्र १ रुपैयाँमा आन्तरिक हवाई टिकट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ ।

असोज ८ देखि असोज २३ सम्म चल्ने यस योजनाअन्तर्गत आइएमई पे एपमार्फत आन्तरिक हवाई टिकट खरिद गर्ने सेवाग्राहीमध्ये दैनिक पाँच जना भाग्यशाली सेवाग्राहीले १ रुपैयाँमा टिकट प्राप्त गर्नेछन् । भाग्यशाली विजेताहरुले खरिद गरेको हवाई टिकटको रु. १ अतिरिक्तको रकम क्यासब्याक प्रोमोकोड स्वरुप विजेता घोषणा गरेपश्चात प्राप्त हुनेछ ।

साथै, आइएमई पे मार्फत हवाई टिकट खरिद गर्दा ८१ रुपैयाँ क्यासब्याक प्राप्त गर्ने मौका पनि छ भने हरेक दिन हवाई टिकट खरिद गर्ने ३० जना सेवाग्राहीले चन्द्रागिरि हिल्स केबलकार, मौलाकाली केबलकार र लुम्बिनी केबलकारको टिकटका लागि क्यासब्याक प्रोमोकोड पनि जित्ने मौका पाउनेछन् ।

चाडपर्वको लहर सुरु भएको मौका पार्दै गाउँघर जाने वा आन्तरिक पर्यटनमा निस्किने सेवाग्राहीलाई लक्षित गरी आइएमई पेले अफर सार्वजनिक गरेको जनाएको छ ।

आइएमई पे प्रमुख कार्यकारी अधिकृत प्रवीन रेग्मीले यस अफरलाई आइएमई पेका सेवाग्राहीमाझ महान् चाडपर्वको अवसरमा कृतज्ञता र उपहार स्वरुप समर्पण गरिएको बताए ।

साथै आइएमई पे मार्फत टिकट खरिदमा समयको अनिश्चिततालाई ध्यानमा राखी सेवाग्राहीले हवाई टिकटलाई पूर्ण रूपमा फिर्ता योग्य बनाएर लगानी सुरक्षित गर्न र आर्थिक नोक्सानको चिन्ताबिना यात्राको आनन्द लिन सक्नेछन् ।

आइएमई पेका प्रयोगकर्ताले हवाई टिकट खरिद गर्ने समयमा ‘IME Pay Refundable’ विकल्प सजिलैसँग स्विच गर्न सक्छन् र थोरै प्रिमियम तिरेर यसको फाइदा पूर्णरुपमा उठाउन सक्ने कम्पनीले जनाएको छ । योजनाहरूमा परिवर्तन आउँदा, प्रयोगकर्ताले कम्पनीको ग्राहक सेवामा समर्पित कर्मचारीलाई सम्पर्क गरेर फिर्ताको अनुरोध प्रारम्भ गर्न सक्नेछन् ।

नेपालको पहिलो भुक्तानी सेवाप्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्धित ‘आइएमई पे’ मोबाइल वालेट एपअन्तर्गतको विद्युतीय भुक्तानी सेवाप्रदायक हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली २०७२ बमोजिम ‘आइएमई डिजिटल’ दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।

आइएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैंले अथवा एजेन्टहरुमार्फत विभिन्न किसिमका भुक्तानी गर्न सक्छन् । यसले व्यक्ति-व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यूआर स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवासमेत प्रदान गर्दै आएको छ ।

यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याक सुविधा पनि उपलब्ध छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकिङ सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्‍याउने लक्ष्य लिएको छ ।

बीस लाखभन्दा बढी ग्राहकलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरूमार्फत विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल आइएमई पे रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्