• Menu

सुनको मूल्यले आज फेरि बनायो रेकर्ड

नेपाल प्रफिट

२०८१ असोज ११, शुक्रबार ११:०७

सुनको मूल्यले आज फेरि बनायो रेकर्ड

काठमाडौँ । सुनको मूल्यले आज पनि नयाँ उचाइ कायम गरेको छ । अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेपछि सुनको मूल्य स्थानीय बजारमा पनि हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला ५ सय रुपैयाँ बढेर शुक्रबारका लागि हालसम्मकै उच्च मूल्य निर्धारण भएको छ । यससँगै बिहीबार प्रतितोला एक लाख ६० हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुन शुक्रबारका लागि एक लाख ६१ हजार २०० रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य भने स्थिर छ । बुधबार र बिहीबार प्रतितोला एक हजार ९५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबारका लागि पनि समान नै निर्धारण भएको छ ।

प्रतिक्रिया दिनुहोस्