• Menu

ग्लोबल आइएमई बैंकबाट सेयर कर्जाका लागि अब अनलाइनबाटै आवेदन सुविधा

नेपाल प्रफिट

२०८१ असोज ११, शुक्रबार १०:१५

ग्लोबल आइएमई बैंकबाट सेयर कर्जाका लागि अब अनलाइनबाटै आवेदन सुविधा

काठमाडौं । ग्लोबल आइएमई बैंकले फास्ट लोन अगेन्स्ट सेयर प्लेटफर्म सार्वजनिक गरेको छ । यसअन्तर्गत इच्छुक व्यक्तिले अनलाइनबाट सेयर धितो कर्जाका लागि सहजै आवेदन दिन सक्नेछन् ।

बैंकले सार्वजनिक गरेको यस डिजिटल प्लेटफर्ममार्फत ग्राहकले आफूसँग भएको सेयर धितो राखी सरल प्रक्रियाबाट सेयर धितो कर्जा प्राप्त गर्न सक्नेछन् । ग्राहकले अनलाइनबाट यो प्लेटफर्म प्रयोग गरी कर्जाको आवेदन दिन र आवश्यक कागजात बुझाउन सक्नेछन् ।

यस प्रक्रियामा अनलाइन आवेदन पूरा गरेपछि आवेदकले निवेदनको अवस्थाको बारेमा आफैँले जानकारी लिनसमेत सक्नेछन् । यो सेयर धितो कर्जाको सीमा हालका लागि न्यूनतम ५ लाखदेखि अधिकतम २५ लाख रुपैयाँसम्म तोकिएको छ ।

यो कर्जाको निमित्त धितोको रुपमा स्वीकार गरिने सेयरहरू निवेदक स्वयंको हुनुपर्नेछ । निवेदकबाहेक अन्य व्यक्तिको सेयर धितोको रुपमा स्वीकार नगरिने बैंकले जनाएको छ । यो सुविधा बैंकले हालसालै सार्वजनिक गरेको डिजिटल युनिभर्समा पनि उपलब्ध छ ।

ग्लोबल आइएमई बैंक युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै, ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरक–फरक विधामा समेत ग्लोबल आइएमई बैंक सम्मानित भएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी एक हजारभन्दा बढी सेवा केन्द्र छन् ।

ग्लोबल आइएमई बैंक ‘सबैका लागि बैंकिङ सेवा’ प्रदान गर्ने बैंक हो, जसले विभिन्न सेवा तथा सुविधासहितका योजनामार्फत आफ्ना समस्त ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्