नेपाल प्रफिट
२०८१ असोज १०, बिहीबार ११:२९
काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेपछि सुनको मूल्य स्थानीय बजारमा पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले विहीबारका लागि निर्धारण गरेको सुनको मूल्य हालसम्मकै उच्च हो ।
तोलामा ३ सयले वृद्धि भएपछि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो । बुधबार प्रतितोला एक लाख ६० हजार ४०० मा कारोबार भएको छापावाला सुन विहीबारका लागि भने एक लाख ६० हजार ७०० निर्धारण भएको छ ।
त्यस्तै चाँदीको मूल्य स्थिर छ । बुधबार प्रतितोला एक हजार ९५५ मा कारोबार भएको चाँदीको मूल्य विहीबारका लागि पनि समान नै निर्धारण भएको छ ।
Copyright © Nepal Profit - 2024 / Developed By Webtech Nepal