• Menu

नेप्से परिसूचकमा ४९ अंकको वृद्धि

नेपाल प्रफिट

२०८१ असोज ९, बुधबार १६:५२

नेप्से परिसूचकमा ४९ अंकको वृद्धि

काठमाडौँ । सेयर बजार परिसूचक नेप्से आज ४९.१८ अंकले बढेको छ । नेप्से परिसूचक आज ४९.१८ अंकले उकालो लागेर २५१९.५७ अंकमा उक्लिएको छ ।

मंगलबार दिन पाँच अर्ब ६८ करोड ९५ लाख ६१ हजार ३५६ रुपैयाँ खरिद–बिक्री भएकोमा आज चार अर्ब ८१ करोड ३२ लाख २३ हजार रुपैयाँबराबरको कारोबार भएको छ । नेप्से बढे पनि हिजोको तुलनामा सेयर करोबार खुम्चिएको हो ।

आज बैंकिङ १.८, विकास बैंक २.७५, फाइनान्स ३.८०, होटल तथा पर्यटन ३.५०, हाइड्रोपावर २.६०, लगानी १.५६, जीवन बिमा १.९१, उत्पादन १.४४, माइक्रोफाइनान्स १.४९, निर्जीवन बिमा १.६७, अन्य १.७५ र व्यापार समूह १.७८ प्रतिशत बढेका छन् ।

विन नेपाल लघुवित्त, न्यादी हाइड्रोपावर, युनिक नेपाल लघुवित्त, सगरमाथा जलविद्युत् र थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत बढेको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्