• Menu

सुपर मादी हाइड्रोपावरद्वारा ५.२६३ प्रतिशत लाभांश घोषणा, असोज १८ मा बुक क्लोज

नेपाल प्रफिट

२०८१ असोज ९, बुधबार ११:३९

सुपर मादी हाइड्रोपावरद्वारा ५.२६३ प्रतिशत लाभांश घोषणा, असोज १८ मा बुक क्लोज

काठमाडौं । सुपर मादी हाइड्रोपावरले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार अपराह्न ४ बजे बजेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट ५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद दिने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउनेछन् ।

हाल कम्पनीको चुक्तापुँजी २ अर्ब १० करोड रुपैयाँ छ । ५ प्रतिशत बोनस वितरणपछि चुक्तापुँजी २ अर्ब २० करोड ५० लाख रुपैयाँ पुग्नेछ । अघिल्लो वर्षको नाफाबाट कम्पनीले यसअघि २ प्रतिशत नगद वितरण गरेको थियो ।

कम्पनीको साधारण सभा कात्तिक ५ गते बस्नेछ । साधारण सभा प्रयोजनका लागि असोज १८ देखि कात्तिक ५ सम्म सेयर धनी दर्ता किताब बन्द रहनेछ । कम्पनीले घोषणा गरेको प्रतिफल हात पार्न असोज १६ सम्म सेयर होल्ड गर्ने अथवा सेयर धनी बन्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्