• Menu

नेप्से परिसूचकमा उच्च अंकको गिरावट

नेपाल प्रफिट

२०८१ असोज ८, मंगलबार १६:४९

नेप्से परिसूचकमा उच्च अंकको गिरावट

काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार करिब ५९ अंकले ओरालो लागेको छ । नेप्से परिसूचक ५८.९३ अंकले ओरालो लागेर २४७०.३९ अंकमा झरेको छ ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने ‘सेन्सेटिभ’ परिसूचक ९.५२ अंकले ओरालो लागेर ४४४.८८ मा सीमित भएको छ । कारोबार भएका १३ वटा उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ । कुल एक करोड ५५ लाख चार हजार ९२९ कित्ता सेयर पाँच अर्ब ६८ करोड ९५ लाख ६१ हजार ३५६ रुपैयाँमा खरिद–बिक्री भएको छ ।

स्वरोजगार लघुवित्त ८.८१, अप्पर स्याङ्गे हाइड्रोपावर ७.८३, एनआइबीएल ग्रोथ फन्ड ४.८५, इन्ग्वा हाइड्रोपावर ४.१४ र नबिल ब्यालेन्स फन्ड तेस्रोका लगानीकर्ताले ४.०८ प्रतिशतले कमाएका छन् ।

हिमालयन हाइड्रोपावर १०, नेपाल फाइनान्स ८.७४, बुद्धभूमि नेपाल हाइड्रोपावर ७.९६, श्वेतगंगा हाइड्रोपावर ७.६२ र एनआईसी एसिया फ्लेक्सी क्याप फन्डका लगानीकर्ताले ७.५५ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्