• Menu

सिटिजन्स बैंकको लाभांश घोषणा

नेपाल प्रफिट

२०८१ असोज ८, मंगलबार ११:१५

सिटिजन्स बैंकको लाभांश घोषणा

काठमाडौं । सिटिजन्स बैंकले लाभांश घोषणा गरेको छ । असोज ७ गते सोमबार बसेको सञ्चालक समितिको ४६३औं बैठकले सेयरधनीहरुलाई आर्थिक वर्ष २०८०/८१ को नाफाबाट ४.२१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

आव २०८०/८१ को वितरणयोग्य नाफाबाट २०८१ असार मसान्तको चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रुपैयाँको ४ प्रतिशतले हुने ५६ करोड ८० लाख ३८ हजार ९६० रुपैयाँ बोनस र कर प्रयोजनका लागि नगद लाभांश ०.२१ प्रतिशतले हुने २ करोड ९८ लाख ९६ हजार ७८७ रुपैयाँसहित जम्मा ५९ करोड ७९ लाख ३५ हजार ७४७ रुपैयाँ दिने प्रस्ताव गरिएको छ ।

सञ्चालक समितिको प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित गरेपछि सेयरधनीले पाउने छन् ।

२०६४ साल वैशाख ७ बाट कारोबार सञ्चालन गरी १८ वर्षदेखि वित्तीय सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंकले सर्वसाधारणलाई सेयर जारी गरेको आर्थिक वर्ष २०६५/६६ देखि नै निरन्तर लाभांश वितरण गरिरहेको छ । बैंकले गत वर्ष ५.७९ प्रतिशत नगद बाँडेको थियो ।

प्रतिक्रिया दिनुहोस्