काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को करेक्सनका सन्दर्भमा पूर्वबैंकर परशुराम कुँवर क्षेत्रीले तीनवटा सम्भावना औंल्याएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्-
अघिल्लो बुल २९ जुन २०२० को न्यून (११४९.१८) बाट सुरु भएर १९ अगस्ट २०२१ को उच्च (३२२७.११) मा पुगेपछि नेप्सेको ओरालो यात्रा सुरु भएको थियो । यो उच्च र न्यूनको समयावधिमा ६ वटा मुख्य स्विङ्स यस्ता रहेछन् :
(१) २ जुलाई २०२० : १३६२.४ (उच्च)
५ जुलाई २०२० : १२४६.८० (न्यून) (ह्रास : -८.४९%)
(२) २० जुलाई २०२० : १५६०.५९ (उच्च)
९ अगस्ट २०२० : १३६२.७२ (न्यून) (ह्रास : -१२.६८%)
(३) ३ डिसेम्बर २०२० : २११८.६८ (उच्च)
२१ डिसेम्बर २०२० : १८७३.७९ (न्यून) (ह्रास :-११.५६%)
(४) २२ फेब्रुअरी २०२१ : २६७६.१६ (उच्च)
१६ मार्च २०२१ : २३६९.५२ (न्यून) (ह्रास : -११.४६%)
(५) १८ अप्रिल २०२१ : २७६०.०२ (उच्च)
२६ अप्रिल २०२१ : २५००.७४ (न्यून) (ह्रास : -९.३९%)
(६)१५ जुन २०२१ : ३०६४.०७ (उच्च)
३० जुन २०२१ : २७८२.०१ (न्यून) (ह्रास : -९.२१%)
अहिलेको ‘बुल’ १८ अगस्ट २०२४ मा अहिलेसम्मको उच्च (३०४८.१५) र आज २७ अगस्ट २०२४ को न्युन (२७८२.०१) को आधारमा नेप्से ९.११% ले करेक्सन भएको छ ।
अब के होला ?
(क) करेक्सन पुग्यो, भोलिदेखि नै बजार माथि लाग्छ !
(ख) भोलि १-२ बजेसम्म थप १%-२% करेक्सन भएपछि बजार फेरि माथि जान्छ !
(ग) करेक्सन पुगेको छैन, नेप्से अझै घट्छ !