• Menu

खिलेन्द्र पौडेल बने आइएमई लाइफ इन्स्योरेन्सको डेपुटी सीईओ

नेपाल प्रफिट

२०८१ भदौ ५, बुधबार १४:२८

खिलेन्द्र पौडेल बने आइएमई लाइफ इन्स्योरेन्सको डेपुटी सीईओ

काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मा खिलेन्द्र पौडेल नियुक्त भएका छन् । आइएमई लिमिटेड र जीएमईको मर्जरपछि पौडेल आइएमई लिमिटेडको सीईओबाट बिदा भई आइएमई लाइफमा प्रवेश गरेका हुन् ।

आइएमई लिमिटेडको स्थापनादेखि नै विभिन्न जिम्मेवारीमा रहेका खिलेन्द्र, रेमिट्यान्स, भुक्तानी प्रणाली, फिनटेक तथा डिजिटल वालेट र अन्तरदेशीय कारोबारमा दख्खल राख्छन् ।

आइएमई ग्रुपले प्रवर्धन गरेका वित्तीय संस्थाको उच्च व्यवस्थापन तथा स्मार्ट च्वाइस, सनी सेक्युरिटिज, आइएमई डिजिटल सोलुसनलगायतका कम्पनी सञ्चालकका रूपमा समेत पौडेल कार्यरत छन् ।

त्रिभुवन विश्वविद्यालयबाट एमबीए फाइनान्स गरेका पौडेलले भारतको अहमदावादस्थित इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट र मलेसियाको इन्स्टिच्युट अफ बैंकर्सबाट कार्यकारी वित्तीय व्यवस्थापन तथा अन्तरदेशीय लगानी व्यवस्थापनका विषयमा एक्जुकेटिभ कोर्स गरेका छन् । उनले अमेरिकास्थित हार्भड केनेडी स्कुलबाट पोलिसी डिजाइन र वित्तीय सेवासम्बन्धी व्यावसायिक कोर्स पनि गरेका छन् ।

उच्च तथा व्यावसायिक शिक्षा र व्यवस्थापकीय नेतृत्वको अनुभवले आइएमई लाइफले दिएको जिम्मेवारीलाई सफलतापूर्वक पुरा गर्ने र बिमा क्षेत्रमा थप रणनीतिक व्यावसायिक साझेदारी निर्माणमा योगदान दिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्